‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यन्वयन गर्न कार्यविधि तयार पारिँदै

सफल खबर संवाददाता

सोमबार, ०१ कार्तिक २०७८, १९ : ५८
‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यन्वयन गर्न कार्यविधि तयार पारिँदै

काठमाडौं । ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यन्वयनका लागि सरकारले कार्यविधि तयार पार्न थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक धारको कक्षा सञ्चालन भएका विद्यालयलाई प्राथमिकतामा राखेर परीक्षणका रुपमा कार्यान्वयन गर्ने गरी कार्यविधिको मस्यौदा तयार भएको जनाएको छ ।

यो वर्ष पढ्दै कमाउँदै कार्यक्रम परीक्षणका रुपमा केही प्राविधिक धारका विद्यालयहरुमा लागू गर्ने तयारी भइरहेको मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख डा तुलसी प्रसाद थपलियाले जानकारी दिए । उनले भने ‘यो वर्ष प्राविधिक धार तर्फका करिब २५ वटा कार्यक्रम विद्यालयहरुमा लागू गर्ने योजना छ ।’

शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि आएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा सरकारले घोषणा गरेको माध्यमिक तह (कक्षा ९–१२) का विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालनका लागि मन्त्रालयले कार्यविधि तयारी थालेको हो ।

प्रतिक्रिया दिनुहोस