बैतडी । महाकाली किनारमा आज बिहान एक शव फेला परेको छ । बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली किनारमा एक बेवारिसे शव फेला परेको हो ।
आज बिहान ७ बजेतिर स्थानीय बासिन्दाले अन्दाजी ३५ वर्षीय पुरुष मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्का नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ३० असोज २०७८, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता