पूर्वराजालाई बाबुराम भट्टराईले भने– चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार

सफल खबर संवाददाता

मंगलबार, २६ असोज २०७८, १७ : १७
पूर्वराजालाई बाबुराम भट्टराईले भने– चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्रलाई चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर बस्न सुझाव दिएका छन् ।

पूर्वराजाले आज दशैंका अवसरमा जारी गरेको शुभकामना सन्देशलाई लक्ष्यित गर्दै उनले यस्तो सुझाव दिएका हुन् । शाहले आफ्नो शुभकामना सन्देशमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र नेपालजस्तो देशमा सान्दर्भिक नहुने तर्क गरेका थिए । डा भट्टराईले यसलाई भ्रमको खेतीको संज्ञा दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेति गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो । पूर्वराजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु बेश हुनछ ।’

प्रतिक्रिया दिनुहोस