दसैँमा पेट्रोल पम्प र डिपो खुलै रहने

सफल खबर संवाददाता

मंगलबार, २६ असोज २०७८, १२ : १४
दसैँमा पेट्रोल पम्प र डिपो खुलै रहने

नेपाल आयल निगमले दसैँको समयमा पेट्रोल पम्प र निगमका डिपो खुलै रहने जनाएको छ । निगमका प्रवक्ता विनितममणि उपाध्यायले दसैँको विदाको समयमा पनि पम्प र डिपो खुलै रहने बताएका हुन् ।

उनले भने, ‘दसैं, तिहार, नेपाल सम्वत र छठको समयमा दशैभरका पेट्रोलियम पदार्थको पम्प र डिपो आवश्यक्ताका आधारमा खुलै रहने छन् ।’

आवश्यक्ताअनुसार पम्प खुला रहने भएकाले अनावश्यकरुपमा पेट्रोलियम पदार्थको मौज्दात राख्नुनपर्ने उनको भनाइ छ ।

यसैगरी, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको आपूर्ति तथा उपलब्धतामा समस्या देखिएमा तत्काल निगमलाई सम्पर्क गर्न समेत भनिएको छ ।

निगमले पेट्रोल, डिजेल र मेट्टितेलको अभाव लगायतका समस्या देखिए पुस्कर कार्की (९८५११०७६६६) लाई र खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा समस्या देखिएमा राजु श्रेष्ठ (९८५११३८४०६) लाई सम्पर्क गर्न निगमले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस