काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ ।
आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
चालु अधिवेशन सुरु भएदेखिका सबै बैठकमा अवरोध गर्दै आएको नेकपा एमालेले आजको बैठक पनि अवरोध गर्ने जनाएको छ ।
पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै एमालेले संसदमा विरोध जनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ: सांसद गिरी
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले गरे संसद अवरोध
विपक्षीले उठाएको प्रश्नको सदनमा जवाफ दिँदै प्रधानमन्त्री