मोतीपुर औद्योगिक क्षेत्र जग्गा विवाद : प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु, ४६ घाइते

पत्रपत्रिकाबाट

सोमबार, २५ असोज २०७८, ०७ : ४७
मोतीपुर औद्योगिक क्षेत्र जग्गा विवाद : प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु, ४६ घाइते

बुटवल । रूपन्देहीस्थित प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा विवादमा सुरक्षाकर्मीले गोली चलाउँदा आइतबार चार जनाको मृत्यु भएको छ । झडपमा ४६ जना घाइते भएका छन् ।

मृतकमध्ये वाणगंगा नगरपालिका–१० का ४८ वर्षीय रमेश परियारबाहेकको सनाखत हुन सकेको छैन । औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न हूलका हूल मानिस आएको भन्दै शनिबारदेखि नै प्रहरी परिचालन भएको थियो ।

प्रहरीले आइतबार बिहानैदेखि मोतीपुरको मुख्य नाका मगरघाटस्थित पुलमा मान्छे रोक्दै सोधीखोजी गरिरहेको थियो । त्यही क्रममा दिउँसो १ बजेबाट झडप भएको थियो । ‘प्रहरीले अश्रुग्यास हान्यो भन्दै धेरै भागिरहेका थिए । ढुंगा हानाहान भइरहेको थियो । पछि गोली चल्यो,’ प्रत्यक्षदर्शी रुकबहादुर क्षत्रीले भने । मगरघाटको पुलपछि हरिहरपुरको पीपलको रूखनिर झडप भएको थियो ।

रूपन्देही प्रहरी प्रमुख मनोज केसीले औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्नका लागि बाहिरबाट आउने समूहलाई सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको बताए । ‘म फिल्डमै छु, अस्पतालमा मृत्यु भयो भन्ने खबर आएको छ,’ राति १० बजे उनले भने, ‘पुष्टि र सनाखत हुन बाँकी छ ।’ रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल पाण्डेका अनुसार घाइतेमध्ये १६ सर्वसाधारण र ३० सुरक्षाकर्मी छन् । सु

रक्षाकर्मीतर्फ नेपाल प्रहरीका १४ र सशस्त्र प्रहरी बलका १६ जना घाइते छन् । भैरहवा मेडिकल कलेजको अस्पताल प्रशासन प्रमुख सुशील गुरुङले त्यहाँ उपचाररत ९ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस