चितवनमा बसको ठक्करबाट सडक छेउमा हिँडिरहेका बालकको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २४ असोज २०७८, १९ : १०
चितवनमा बसको ठक्करबाट सडक छेउमा हिँडिरहेका बालकको मृत्यु

चितवन । बसको ठक्करबाट सडक छेउमा हिँडिरहेका आठ वर्षका बालकको मृत्यु भएको छ । 

चितवन प्रहरी प्रवक्त सूर्य थापाका अनुसार भरतपुर ७ विकास चोकनजिक चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको बा १ प १२८४ नम्बरको बसले आज दिउँसो ३ः३० बजे बालकलाई ठक्कर दिएको थियो ।

ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको ठक्करपछि स्थानीय र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो । स्थानीयले बसको सीसा फुटाएका छन् । 

प्रतिक्रिया दिनुहोस