एजेन्सी । अफगानिस्तानका एक मस्जिदमा आत्मघाती बम बिष्फोट हुँदा ५० जना मृत्यु भएको छ । कुन्दुज शहरमा रहेको मस्जिदमा हमलावरले आत्मघाती बम बिष्फोट गराएका हुन् । अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।
सइद अबाद मस्जिदमा बम आक्रमणमा मारिएकाहरुको शव छरिएको अवस्थामा देखिएको स्थानीय अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । अल्पसंख्यक शिया मुसलमान समुदायको सो मस्जिदमा आक्रमण भएको हो ।
उत्तरी शहर कुन्दुजमा भएको सो आक्रमणमा एक सय भन्दा बढी मानिस घाइते भएका छन् । इस्लामिक स्टेटले आक्रमणमा आफ्नो संलग्नता रहेको बताएको छ । सुन्नी मुसलमान अतिवादी समूहले शिया समुदायमाथि आक्रमण गर्ने गरेको छ ।
इस्लामिक स्टेट (आइएस) को अफगानिस्तानको समूह आइएस–के ले तालिबान सत्ताको विरोध गर्दै आएको छ । उसले लगातार जस्तो हिंसात्मक आक्रमण गर्ने गरेको हो । उसले विशेष गरी अफगानिस्तानको पूर्वी क्षेत्रमा बम आक्रमण गर्दै आएको छ । शुक्रबारको प्रार्थनाका लागि श्रद्धालु मस्जिदभित्र जम्मा भएका बेला आत्मघाती आक्रमणकारीले आफैलाई बिस्फोट गराएको जनाइएको छ ।
आक्रमण भएका बेला ३०० भन्दा बढी मानिस मस्जिदमा रहेको स्थानीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो न्यूजले जनाएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २३ असोज २०७८, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने