प्रधानन्यायाधीशका आफन्त गजेन्द्रलाई मन्त्री बनाएर सरकारले आफ्नो असली रुप देखायो : भीम रावल

सफल खबर संवाददाता

शुक्रबार, २२ असोज २०७८, १९ : ४२
प्रधानन्यायाधीशका आफन्त गजेन्द्रलाई मन्त्री बनाएर सरकारले आफ्नो असली रुप देखायो : भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले गजेन्द्र हमाललाई मन्त्री बनाएर गठबन्धनका दलहरूले आफ्नो असली रूप उदांगो पारेको बताएका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा सांसद नरहेका हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन्। हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको आफन्त हुन् । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेरले मन्त्रीमण्डलमा आफ्नो भाग खोजेको समाचार बाहिरिएको थियो । 

‘सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँगको साँठगाँठमा गजेन्द्र हमाललाई मन्त्री बनाइएको खबरले प्रम देउवा र गठबन्धनका नेताहरूको गैरजिम्मेवार, स्वार्थी र अलोकतान्त्रिक चरित्र र व्यवहार उदांग भएको छ’, नेता रावलले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत आलोना गरेका छन्, ‘यसले नेपालको राजनीतिमा खतरनाक प्रवृत्ति र परम्परा एवम् घृणित खेललाई प्रवेश गराएको छ।’

प्रतिक्रिया दिनुहोस