काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु २० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।
बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले राष्ट्र बैंकले १४ दिनको रिपो जारी गर्न लागेको जनाएको छ ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ३ गते परिपक्व हुने रिपो आज बोलकबोलमार्फत खरिद गर्न सक्नेछन् । यसअघि बैंकले गत असोज १३ गते रु ३० अर्ब रिपोमार्फत बजारमा पठाएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २० असोज २०७८, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजारबाट २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ’: राष्ट्र बैंक
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ: राष्ट्र बैंक
ऋणीहरूलाई ठूलो राहत दिँदै राष्ट्र बैंकले लागू गर्यो नयाँ व्यवस्था
राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्दै
नयाँ व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकको सर्कुलर