प्रिमियर लिगमा सिटी र लिभरपुलले खेले बराबरी

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, ११ : ४०
प्रिमियर लिगमा सिटी र लिभरपुलले खेले बराबरी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा उपाधि दावेदारहरु म्यान्चेस्टर सिटी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन् । आफ्नै मैदानमा भएको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा लिभरपुलले सिटीसँग अंक बाँडेको हो ।

खेलमा लिभरपुलका लागि सादियो माने र मोहोम्मद सालाहले एक एक गोल गरे । सिटीका फिल फोडेन र केभिन डे ब्रायनले दुई गोल फर्काएका हुन् । दुई दावेदार टोलीहरुको यो बराबरीपछि अर्को दावेदार चेल्सीलाई फाइदा पुगेको छ । जारी लिगमा लिभरपुल सात खेलबाट १५ अंक बटुल्दै दोेस्रो स्थानमा छ ।

समान खेलबाट १६ अंक जोडेको चेल्सी शिर्ष स्थानमा यथावत रहँदा तेस्रो स्थानको म्यान्चेस्टर सिटीको १४ अंक भएको छ । प्रिमियर लिगमा गएरातिका अन्य खेलहरुमा टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई २–१ ले हराउँदा क्रिष्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् । यसैगरि ब्रेन्टफोर्डले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हराएको छ ।

प्रतिक्रिया दिनुहोस