तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सवारी ज्यान मुद्दामा फरार एक प्रतिबादीलाई २१ वर्ष पछि पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी–८ डहरेगाउँ स्थायी घर भई हाल जिल्ला गोरखा पालुङ्टार–५ ढालीपोखरी बस्ने ४२ वर्षीय आनन्दराज शाहलाई आइतबार पक्राउ गरेको हो ।
जिल्ला अदालतको विसं २०५७ साल वैशाख २८ गतेको फैसलाले ११ महिना पाँच दिन कैदको फैसला सुनाएपछि शाह फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका शाहलाई पक्राउ गरी जिल्ला अदालतसमक्ष उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।
त्यसैगरी वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका दुई जनालाई समेत तोकिएको जरिवाना रु दश हजार भुक्तानको लागि अदालतमा उपस्थित गराइएको उनले बताए । तनहुँ प्रहरीले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीलाई तीव्रता दिँदै आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १८ असोज २०७८, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागू औषधसहित दुईजना पक्राउ
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ
घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बराल पक्राउ
लागु औषध मुद्दामा एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
२ सय ७२ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई महिला पक्राउ