एनभीए महिला भलिबल च्याम्पियनसिपको उपाधि न्यू डायमन्डलाई

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, १६ : ४०
एनभीए महिला भलिबल च्याम्पियनसिपको उपाधि न्यू डायमन्डलाई

काठमाडौं । न्यू डायमन्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पोखराको न्यू डायमन्ड च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पहिलो सेट गुमाएको न्यू डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पार्यो ।

एपीएफले पहिलो सेटमा न्यू डायमन्डलाई २६–२४ ले हराएको थियो । तर, त्यसपछिको सेटमा न्यू डायमन्डले एपीएफमाथि २५–२१, २५–१७ र २५–१५ को जित निकाल्यो । उपाधिसँगै न्यू डायमन्डले ४ लाख प्राप्त गरेको छ ।

उपविजेता बनेको एपीएफले २ लाखमा चित्त बुझायो । तेस्रो भएको त्रिभुवन आर्मीले १ लाख प्राप्त गरेको छ । नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी तेस्रो भएको हो ।यस्तै पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस