बुटवलमा टिपर दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर

सफल खबर संवाददाता

शनिबार, १६ असोज २०७८, १२ : २६
बुटवलमा टिपर दुर्घटना : दुई जना घाइते, एकको अवस्था गम्भीर

बुटवल । बुटवलमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

शनिबार बिहान पौने २ बजे पश्चिमबाट बुटवल आउँदै गरेको बा ४ ख ९४५९ नम्बरको टिपर नेपालगञ्जरोड, बुटवलमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा चालक रिब्दीकोट गाउँपालिका, पाल्पाका ३४ वर्षीय शेरबहादुर सुनार र मकवानपुरका ३२ वर्षीय युवा रहेका छन् । पूर्ण विवरण नखुलेका ३२ वर्षीय युवाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

टिप्पर सडकबाट तल खसेको छ । घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस