सांकेतिक रुपमा न्यून सहभागितामा घरभित्रै चाडपर्व मनाउन चितवन प्रशासनको आग्रह

सफल खबर संवाददाता

शुक्रबार, १५ असोज २०७८, १९ : १९
सांकेतिक रुपमा न्यून सहभागितामा घरभित्रै चाडपर्व मनाउन चितवन प्रशासनको आग्रह

चितवन । चितवन प्रशासनले यसअघिको जसरी अब आउने चाडपर्व पनि सांकेतिक रुपमा घरभित्रै मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङद्वारा जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा घरभित्रै बसेर चाडपर्व मनाउन आग्रह गरिएको छ ।

चितवनवासीलाई अनिवार्य मास्कको प्रयाग गर्न पनि आदेशमा भनिएको छ विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरु, क्याम्पस, हाटबजार र सुपर मार्केटमा माक्स अनिवार्य लगाउन भनिएको छ । प्रशासनले जिल्ला प्रशासन कार्यालय चितवनमा मास्क बैँकको पनि स्थापना गर्ने आदेशमा जनाइएको छ । मास्क वितरणको लागि सडकसडकमा स्वयंसेवक परिचालन गर्ने पनि प्रशासनको आदेशमा उल्लेख छ ।

त्यस्तै प्रशासनले घटस्थापनादेखि फूलपातीसम्म मास्क अभियान सञ्चालन गरेर नै जनचेतना जगाउने योजना बनाएको छ । प्रशासनले आदेशमा भीडभाड हुने सरकारी कार्यालय र यातायातमा कोरोना परीक्षण गरिने पनि जनाएको छ ।  सभा, सम्मेलन र धार्मिक कार्यक्रम गर्नमा प्रशासनले रोक लगाएको छ ।


 

प्रतिक्रिया दिनुहोस