वडा कार्यालयको शौचालयमा पुरुषको शव फेला

रासस

आइतबार, १० असोज २०७८, १२ : ५१
वडा कार्यालयको शौचालयमा पुरुषको शव फेला

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका– ८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ।

CG Developers Tansen Cement box

निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए।

उनका अनुसार शवको पहिचान हुनसकेको छैन। लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन्।

शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आइतबारमात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए।

 

प्रतिक्रिया दिनुहोस