निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

पत्रपत्रिकाबाट

आइतबार, १० असोज २०७८, ०७ : ५३
निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् ।

विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ ।

नेपाल वायुसेवा निगमका कर्मचारीहरू गत असार १८ गतेदेखि आन्दोलनरत छन् ।आजको आर्थिक अभियान दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस