दिगो बैंकिङ्गको लागि नबिल बैंकले गर्यो गल्छी गाउँपालिकासँग साझेदारी

सफल खबर संवाददाता

शुक्रबार, ०८ असोज २०७८, २१ : २९
दिगो बैंकिङ्गको लागि नबिल बैंकले गर्यो गल्छी गाउँपालिकासँग साझेदारी

काठमाडौं । नबिल बैंकले दिगो बैंकिङ्ग अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि धादिङको गल्छी गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्ने समझदारी गरेको छ ।

गल्छी गाउँपालिकामा नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त साझेदारी मार्पmत गाउँपालिकाहरुले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै नबिल बैंकका बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठले यस सम्झौताले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस