गायिका इन्दिरा जोशीले गरिन् फिल्मी शैलीमा इन्गेजमेन्ट

सफल खबर संवाददाता

शुक्रबार, ०८ असोज २०७८, ११ : ०२
गायिका इन्दिरा जोशीले गरिन् फिल्मी शैलीमा इन्गेजमेन्ट

काठमाडौं । गायिका इन्दिरा जोशीले फिल्मी शैलीमा आफ्ना प्रेमीसंग इन्गेजमेन्ट गरेकी छिन् । केही महीना पहिले आफू सिंगल नरहेको खुलासा गरेकी उनले सार्वजनिक रुपमा आफ्ना प्रेमीबाट औठी लगाएकी हुन् ।

CG Developers Tansen Cement box

प्रेमीको साथ सगरमाथा क्षेत्र खुम्बुमा पुगेर उनले त्यही इन्गेजमेन्ट गरेकी हुन् । फेसन डिजाइनर शरद केडियाले इन्दिरालाई खुम्बुमै इन्गेजमेन्ट रिङ लगाइदिएका छन् । सगरमाथा आधार शिविरमा बिहीवारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन त्यहाँ पुगेका इन्दिरा र शरदबीच इन्गेजमेन्ट भएको हो ।

हेलिकोप्टरमार्फत त्यहाँ पुगेका उनीहरु अहिले खुम्बु क्षेत्रमै छन् । त्यही मौकामा शरदले इन्दिरालाई औंठी लगाइदिएको भिडिओ सार्वजनिक भएको हो ।

भिडिओमा शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिएका छन् भने इन्दिराले खुशि हुँदै स्वीकारेकी छिन् ।पाइलट विवेकले भिडिओ सार्वजनिक गर्दै इन्दिरा र शरदलाई सुखद भविष्यको शुभकामना दिएका छन् । 

प्रतिक्रिया दिनुहोस