काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार देशभर सामान्य बदली रही केही स्थान वर्षाको सम्भावना रहेको बताएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमको यो अवस्था शुक्रबार रातीसम्म जारी रहनेछ। हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तीसगढ आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
मौसमविद्हरुले शुक्रबार, शनिबार र आइतबार तीन दिन दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असोज २०७८, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : विभिन्न भूभागमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
निर्वाचनको दिन आज कस्तो रहला देशभरको मौसम ?