जिल्ला प्रहरी कार्यालय चितवनद्वारा मोटरसाइकल चोरीमा संलग्न १४ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०७ असोज २०७८, १८ : ३२
जिल्ला प्रहरी कार्यालय चितवनद्वारा मोटरसाइकल चोरीमा संलग्न १४ जना पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा १४  जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ परेका १४ जना जिल्ला भित्र विभिन्न समयमा मोटरसाइकल चोरी तथा खरिदमा संलग्न रहदै आएका थिए।

चितवन प्रहरीले चोरीका मोटरसाईकल सहित चोरीमा संलग्न रहेको आरोपमा हाल सम्म एक महिनाको अवधिमा १६ जना पक्राउ गरेको बताएको छ । चितवन प्रहरीले मोटरसाइकल चोरीको गिरोह पक्राउ गर्न अप्रेशन माईक चार्ली ल्याए देखि एक महिनाको अवधिमा विभिन्न समयमा चोरीका मोटरसाइकल सहित १६ जना पक्राउ गर्न सफल भएको आज जिल्ला प्रहरी कार्यालय चितवनमा पत्रकार सम्मेलन गर्दै चितवन प्रहरीका एसपी ओम अधिकारीले जानकारी दिए ।

चितवन प्रहरीको अनुसार मोटरसाइकल चोरी कार्यमा संलग्न रहेको आरोपमा भरतपुर महानगरपालिका ११ भोजाड बस्ने अनिश श्रेष्ठ, अशोक कुमाल तथा चोरीको मोटरसाइकल वर्कशपमा ल्याइ राखेको आरोपमा भरतपुर महानगरपालिका चौबिसकोठीको न्यू आरपी मोटरसाइकल वर्कशपका सञ्चालक अरुण कंडेलसहित चोरीको मोटरसाइकल किन्ने खैरहनी नगरपालिका ६ चैनपुर बस्ने सरोज खतिवडा, भरतपुर महानगरपालिका १९ बस्ने टेजन पुन लगायत अन्यलाई समेत पक्राउ गरिएको बताएको छ ।

प्रहरीका अनुसार आइतबार चोरीको मोटरसाइकल किन्ने भरतपुर महानगरपालिका बस्ने २८ बर्षका रविन गुरुङ सहित चोरीमा संलग्न रहेको आरोपमा बाराका ३४ बर्षिया सुनिल चौधरी, २८ बर्षिया लक्की चौधरी र सोही ठाउँ बस्ने ३१ बर्षका राजदेव चौधरीलाइ पक्राउ गर्‍यो । पक्राउ परेका गुरुङको बयानका आधारमा प्रहरीले राजदेव चौधरीलाइ आइतबार राती १० बजेको समयमा लायन्सचोकस्थित एक होटलबाट यौनकार्य गरिरहेको अवस्थामा पक्राउ गर्‍यो ।

चितवन प्रहरीको अनुसार राजदेवलाइ प्रहरीले आइतबार नै पक्राउ गरेको भए पनि उनका सहयोगी सुनिल र लक्कीलाइ भने प्रहरीले मंगलबार बिहान १० बजे मात्रै भरतपुरस्थित पारसबसपार्कबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस