अवरुद्ध मुग्लिन -नौविसे सडक  ११ घण्टापछि सञ्चालन

रासस

बुधबार, ०६ असोज २०७८, १२ : ०४
अवरुद्ध मुग्लिन -नौविसे सडक  ११ घण्टापछि सञ्चालन

file-photo

चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ ।

यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिराका कारण गएराति ११ बजेदेखि  दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालयको दुईवटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको  इलाका  प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो पन्छाएसँगै सवारीसाधन  गन्तव्यतर्फ लागेका छन् । 

प्रतिक्रिया दिनुहोस