सुदूरपश्चिम : घट्यो सङ्क्रमणदर, चार जनामा मात्रै सङ्क्रमण

रासस

आइतबार, ०३ असोज २०७८, २२ : १९
सुदूरपश्चिम : घट्यो सङ्क्रमणदर, चार जनामा मात्रै सङ्क्रमण

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा आज चार जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर एन्टिजेन विधिबाट ८१६ जनाको नमूना परीक्षण गर्दा चार जनामा मात्रै सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

परीक्षणमा कञ्चनपुरमा दुई, कैलाली र दार्चुलामा एक÷एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि शनिबार सुदूरपश्चिमका ४६ जनामा सङ्क्रमण पुष्टि हुँदा १९ जना सङ्क्रमणमुक्त भएका थिए । 

प्रतिक्रिया दिनुहोस