संविधान दिवस : कञ्चनपुरमा सात कैदीबन्दी रिहा

रासस

आइतबार, ०३ असोज २०७८, १३ : १५
संविधान दिवस : कञ्चनपुरमा सात कैदीबन्दी रिहा

कञ्चनपुर । संविधान दिवसका अवसरमा कञ्चनपुर कारागारबाट सात कैदबन्दी रिहा भएका छन् ।  विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् ।

पचास प्रतिशत कैद सजाय भुक्तान गरिसकेका असल चालचलन भएका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा दुई महिला र पाँच पुरुषको कैद मिनाह गरिएको कारागार शाख प्रमुख माया बस्नेत थापाले बताए । 

कैद मिनाह हुनेमा शिवराज भट्ट कर्तव्य ज्यान, प्रेमसिंह भण्डारी कर्तव्य ज्यान, रोहित आउजी बहुविवाह, करिना विश्वकर्मा बहुविवाह, मायाचन्द पाल बहुविवाह, र खुसीराम चौधरी चोरी मुद्दाका छन् ।

बानी व्यवहार,  चालचलन, रहनसहन सबैराम्रो भएमा कारागारका प्रमुख र प्रमुख जिल्ला अधिकारीको सिफारिसको आधारमा कैद मिनाह हुने व्यवस्था छ । कारागारमा अहिले २० महिला ३८७ पुरुषसहित ४०७ कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस