विधान महाधिवेशन छलफल गर्न एमाले स्थायी कमिटि बस्दै

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, ०८ : ५४
विधान महाधिवेशन छलफल गर्न एमाले स्थायी कमिटि बस्दै

काठमाडौं । संसदमा सभामुख अग्नि सापकोटाविरुद्ध परिलक्षित नेकपा एमालेको स्थायी कमिटि बैठक बस्दैछ । दिउँसो १ वजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा एमालेले स्थायी कमिटि बैठक बोलाएको हो ।

स्थायी कमिटि बैठक समसामायिक राजनीति र पार्टीले आयोजना गर्न लागेबो बिधान महाधिवेशनका विषयमा केन्द्रीत भएर बस्न लागेको केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ। विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न एमालेका नेताहरुका बीचमा निरन्तर छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस