च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

सफल खबर संवाददाता

विहीबार, ३१ भदौ २०७८, ११ : १९
च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इंग्लीश क्लबहरु म्यान्चेस्टर सिटी र लिभरपुल विजी भएका छन् । समुह ‘ए’ को खेलमा म्यान्चेस्टर सिटीले जर्मनीको आर।बी लेप्जीगलाई ६–३ ले पाखा लगायो । यही समुहको अर्को खेलमा बेल्जियमको क्लब ब्रुजले फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई १–१ गोलको बराबरीमा रोक्यो ।

समूह ‘बि’ को खेलमा इंग्ल्याण्डको लिभरपुलले इटालीको एसी मिलानलाई ३–२ ले हराउँदा स्पेनको एथ्लेटिको मड्रिड र पोर्चुगलको एफसी पोर्टोले गोलरहित बराबरीमा चित्त बुझाए ।

यसैगरि समुह ‘सि’ को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डले टर्कीको बेसिक्तासलाई २–१ ले हराउँदा नेदरल्याण्ड्सको आयाक्स एम्स्टरडमले पोर्चुगलको स्पोर्टीङलाई ५–१ ले पाखा लगायो ।

उता समुह ‘डि’ को खेलमा स्पेनको रियाल मड्रिडले इटालीको इन्टर मिलानलाई १–० ले पराजित गर्दा मल्दोभाको शेरिफ तिरास्पोलले युक्रेनको शख्तरलाई २–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस