ट्रमा सेन्टरको निर्देशकमा डा. जोशी

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १९ : ४२
ट्रमा सेन्टरको निर्देशकमा डा. जोशी

काठमाडौं । सरकारले डा. प्रमोद जोशीलाई राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा नियुक्त गरेको छ ।

CG Developers Tansen Cement box

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मंगलबार राज्यमन्त्री स्तरीय निर्णयबाट जोशीलाई ट्रमा सेन्टरमा पठाएका हुन् ।

हाल ट्रमा सेन्टरको निर्देशक रह‍ेका डा. सन्तोष पौडेललाई कान्तिबाल अस्पताल सरुवा गरेर डा. जोशीलाई ट्रमाको निर्देशक बनाइएको हो ।