सत्तारुढ गठबन्धनको बैठक बस्दै, केके विषयमा हुँदैछ छलफल ?

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, ०८ : ३९
सत्तारुढ गठबन्धनको बैठक बस्दै, केके विषयमा हुँदैछ छलफल ?

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज आइतबार विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरोध गरिरहेको बेला सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो । जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेको अवरोधका बाबजुद संसदलाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने बताए ।

मन्त्रिपरिषद विस्तारमा देखिएको समस्याबारे पनि छलफल छलफल हुने बताइएको छ । बैठकमा चाँडोभन्दा चाँडो मन्त्रिपरिषद विस्तार गर्नमा सरकार लागिरहेको छ । सरकार गठनको दुई महिना हुँदासमेत मन्त्रिपरिषद् विस्तार नहुँदा सरकारको आलोचना भएको छ ।

विधेयकको विषयमा सत्तारुढ दलबीच खटपट सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा जोड दिएको छ भने जसपाले फिर्ता लिनुपर्ने अडान राखेको छ । नेकपा समाजवादी र जसपाले अध्यादेश किनारा नलागी मन्त्रिपरिषद विस्तार गर्न नहुनेमा जोड दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा सकसमा परेका छन् । प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीका भरमा सरकार सञ्चालन गरिरहेको छन् । 
 

प्रतिक्रिया दिनुहोस