यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, १० : ५७
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री दर ११७.९१ र खरिद दर ११७.३१ रुपैयाँ तथा एक युरोको बिक्री दर १३९.५५ र खरिद दर १३८.८४ रुपैयाँ तोकेको छ । यस्तै, आज एक पाउण्डको बिक्री दर १६३.५५ र खरिद दर १६२.७२ रुपैयाँ कायम भएको बैंकले जनाएको छ ।

यसैगरी, एक स्वीस फ्र्यांकको बिक्री १२८.६० र खरिद १२७.९५ तथा अष्ट्रेलियन डलरको बिक्री ८७.१९ र खरिद दर ८६.७५ रुपैयाँ तोकिएको छ । यता एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८८.०४ र खरिद दर ८७.५९ र १० जापानी येनको बिक्री १०७२ र खरिद १०.६७ रुपैयाँ कायम भएको बैंकले जानकारी दिएको छ ।

यस्तै, चिनियाँ युवानको बिक्री १८.३१ रुपैयाँ र खरिद १८.२२ रुपैयाँमा हुँदा साउदी रियालको बिक्री ३१.४४ र खरिद ३१.२८ रुपैयाँमा भइरहेको छ । यसैगरी, कतारी रियालको बिक्री ३२ रुपैयाँ र खरिद ३१.८४ तथा संयुक्त अरब इमिरेट्स यूएईको दिरामको बिक्री ३२.१० र खरिद ३१.९४ रुपैयाँमा भइरहेको छ ।

यसका साथै, आज मलेसियन रिंगटको बिक्री २८.५० रुपैयाँ र खरिद २८.३६ रुपैयाँमा भइरहँदा १०० कोरियन वनको बिक्री १०.११ र खरिद १०.०६ रुपैयाँ तोकिएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस