आफ्ना नागरिकको हत्यापछि क्यानडासँग रिसायो भारत

एजेन्सी

शुक्रबार, २५ भदौ २०७८, १२ : ४८
आफ्ना नागरिकको हत्यापछि क्यानडासँग रिसायो भारत

ओटावा । भारतले आफ्ना सम्पूर्ण नागरिक सुरक्षित भएको सुनिश्चित गर्न क्यानेडेली सरकारसँग माग गरेको छ । क्यानडामा आफ्ना नागरिकको हत्यापछि ओटावास्थित भारतको उच्च आयुक्तको कार्यलयले क्यानडासमक्ष सो आग्रह गरेको हो । क्यानडाका टुरो सहरमा २३ वर्षीय विद्यार्थी प्रभजोत सिंह कत्रीकोे हत्या भएको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा एक शंकास्पद व्यक्ति पक्राउ परेका छन् । तर, हत्याको कारण खुलेको छैन् । 

सिंह आइतबार बिहान आफु बसेको अर्पाटमेन्टमा चोट लागेको अवस्थामा देखिएका थिए । उनको शरीरको विभिन्न भागमा चोट लागेको थियो । अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । घटनाको निस्पक्ष छानविन गर्न उच्च आयुक्तको कार्यलयले माग गरेको छ । 

सिंहको मृत्युपछि क्यानडास्थित भारतीय कन्सुलेटले एक विज्ञप्ति जारी गर्दै क्यानडामा रहेका आफ्ना सम्पुर्ण नागरिकलाई सावधानी अप्नाउन आग्रह गरेको छ । एकान्तमा हिडडुल नगर्न र शंकास्पद गतिविधि देखिए स्थानीय प्रहरी समक्ष रिपोर्ट गर्न विज्ञप्तिमा अनुरोध गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस