एमसीसीको विरोधमा प्रदर्शन गर्ने ६ जना पक्राउ

एमसीसी उपाध्यक्ष सुमार आएलगत्तै प्रदर्शन

सफल खबर संवाददाता

विहीबार, २४ भदौ २०७८, १२ : ५०
एमसीसीको विरोधमा प्रदर्शन गर्ने ६ जना पक्राउ

काठमाडौं । एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आए लगत्तै विमानस्थल बाहिर विरोध गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरकाका अनुसार त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरिएको हो । उनीहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएलगत्तै विरोध जनाएका थिए । 

टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल लगायतलाई भेट गर्ने कार्यक्रम छ । उपाध्यक्ष सुनार नेतृत्वको टोलीले प्रमुख प्रतिपक्ष नेता एमाले अध्यक्ष केपी ओलीसंग पहिलो भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

एमसीसीको सम्बन्धमा आवश्यक छलफल गर्नका लागि भन्दै उनीहरु काठमाडौं आइपुगेका हुन् । नेपालमा एमसीसीको सम्बन्धमा पास गर्न हुने र नहुने सम्बन्धमा विवाद हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस