कास्कीका चारजना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजे

सफल खबर संवाददाता

मंगलबार, २२ भदौ २०७८, १८ : २९
कास्कीका चारजना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजे

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु एकीकृत समाजवादी रोज्न थालेका छन् । कास्कीका ४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेमा रुपा र मादी गाउँपालिकाका एक रएक जना र माछापुच्छ्रे गाउँपालिकाका २ जना छन् ।

चार स्थानीय तह भएको कास्कीमा पोखरा र अन्नपूर्ण गाउँपालिकामा भने एकीकृत समाजवादी शून्य देखिएको छ । कास्कीको रुपा गाउँपालिका–५ का वडा सदस्य दामोदर घिमिरे, मादी गाउँपालिका–११ का रणबहादुर लामा, माछापुच्छ्रे गाउँपालिका–७ का बाबुराम भण्डारी र माछापुच्छ्रे–८ का लालबहादुर परियारले एकीकृत समाजवादी रोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस