बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित धौलेचौरमा पानी संकलनका लागि निर्माण गरेको पोखरीमा डुबेर एक बालकको निधन भएको छ । मानबहादुर बुढाथोकीका आठ वर्षीय छोरा एलस बुढाथोकीको पोखरीमा डुबेर मृत्यु भएको हो ।
पानीमा डुबेर गम्भीर घाइते बुढाथोकीको उपचार गर्न धौलागिरी अस्पताल बागलुङ ल्याइए पनि अस्पतालले मृत घोषण गरेको प्रहरी उपरीक्षक इकवल हवारीले जानकारी दिए । पोखरी घरदेखि करिब एक सय मिटर टाढा छ ।
त्यस्तै विगत दुई दिनदेखि बेपत्ता भकुण्ड चमचाका २८ वर्षीय सागर थापा मृत अवस्थामा भेटिएका छन् । १८ भदौदेखि बेत्तपा थापाको घरदेखि अन्दाजी पाँच सय मिटर पश्चिम पहिरे खोलाको बीच भागमा मृत भेटिएका हुन् । थापाको मृत्युबारे अनुसन्धान सुरु भएको उपरीक्षक हवारीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० भदौ २०७८, १७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित घोषणा
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ
बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण
पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री
बागलुङका ४ पालिकामा क्षयरोग मुक्त अभियान