झापा । झापाको स्थानीय बिरिङ खोला किनारमा आमाछोराको शव फेला परेको छ । मोरङ सुनबर्षीकी ३८ बर्षीया उमा विक र उनका अढाई बर्षीय छोरा शिशिरको शव खोला किनारमा फेला परेको हो । उनीहरुको शव एक किलोमिटर दुरीको अन्तरमा भेटिएको झापा प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार आमाको आइतबार विहान १० बजे र छोराको शव अपरान्ह १ बजे फेला परेको हो । कनकाई नगरपालिका वडानम्बर ८ मा रहेको उमाको माइतीघरमा उनीहरु बस्दै आएका थिए । उमाका श्रीमानको यसअघि नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उनी शनिवार राति बच्चासहित आफन्तलाई थाहै नदिई घरबाट निस्किएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० भदौ २०७८, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता