गृहमन्त्री थापाले भने अपराधिक घटना घटाउने जो कोहीलाई नछाड्नुस् (भिडियो)

सुरेन कुँवर

सोमबार, १८ चैत्र २०७५, १२ : २५

चितवन । गृहमन्त्री राम बहादुर थापाले विभिन्न बहानामा अपराधिक घटना गर्दै अस्थिरता पैदा गर्नेलाई कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिनुभयो ।   

बिहिबार विहान जिल्ला प्रहरी कार्यालय चितवनको निरिक्षण एवं अनुगमनपछि गृहमन्त्री थापाले चितवन जिल्ला विकासमा तिब्रता आएसंगै अपराधिक घटनामा पनि बढुवा आउने तर्फ सचेत हुन प्रहरी आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “ प्रतिक्रियावादीहरु सलबलाई रहेका  छन ।” जनप्रतिनिधिलाई पत्र पठाउने, कारबाही गर्ने, चन्दा उठाउने, ठाउँठाउँमा विस्फोट गराउनेजस्ता गतिविधि भइरहेको भन्दै उहाँले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्ने बताउनुभयो ।

चितवन लागू औषधको अखडाको रुपमा विकास भई रहेको भन्दै मन्त्री थापाले प्रहरीले लागूऔषधलाई जरैदेखि निरुत्साहित गर्न ठोस कदम चाल्न पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “जति विकास हुन्छ, चुनौती र अपराध थपिँदै जान्छ, सुरक्षा नीतिमा परिमार्जन गर्नु आवश्यक छ ।” 

गृहमन्त्री थापाले चितवनलाई अपराधीहरु लुक्ने ठाँउको रुपमा सुरक्षा स्थान बनाएको भन्दै त्यस तर्फ ध्यान दिन चितवन प्रहरीलाई निर्देशन दिनुभएको थियो ।
गृहमन्त्री थापालाई जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले चितवनको वर्तमान अवस्था, चुनौती, आवश्यकता र अपेक्षाबारे जानकारी गराउनुुभएको थियो । 


 

प्रतिक्रिया दिनुहोस