धम्की दिनेविरुद्ध सरकारले थाल्यो सूक्ष्म निगरानी

पत्रपत्रिकाबाट

आइतबार, २० भदौ २०७८, ०७ : ३०
धम्की दिनेविरुद्ध सरकारले थाल्यो सूक्ष्म निगरानी

काठमाडौँ ।  गृह  मन्त्रालयले  मित्रराष्ट्रको  सहयोगमा  सञ्चालित  विकास  आयोजना तथा त्यससँग सम्बन्धित विषयमा नकारात्मक  टीका–टिप्पणी  गर्ने  र  धम्कीपूर्ण  अभिव्यक्ति  दिने  विषयमा  सरकारले  सूूक्ष्म  रूपमा निगरानी गरिरहेको जनाएको छ ।

 गृह  मन्त्रालयले  विकास  आयोजना  लक्षित सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नकारात्मक  टीका–टिप्पणी  गर्ने,  धम्कीपूर्ण  अभिव्यक्ति  दिनेक्रम  बढेको  भन्दै  यस्तो  विज्ञप्ति  जारी  गरेको  हो  ।  सूचनामा  यस्ता  गतिविधिले  सरकारको  गम्भीर  ध्यानाकर्षण  भएको उल्लेख छ । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि  पोखरेलले  हालैका  दिनहरूमा  मित्रराष्ट्रको  सहयोगमा  सञ्चालित  विकास  आयोजना,  त्यहाँ  कार्यरत  कर्मचारी,  विदेशी  नागरिक उहाँहरूको सम्पत्तिलाई लक्षित गरेर प्रत्यक्ष वा परोक्ष रूपमा धम्की दिने गरिएको पाइएको बताएको खरब गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस