चितवनमा घटे संक्रमित, स्कुल खोल्न अनुमति

सफल खबर संवाददाता

शनिबार, १९ भदौ २०७८, १७ : ५०
चितवनमा घटे संक्रमित, स्कुल खोल्न अनुमति

चितवन । चितवनमा सक्रिय संक्रमितको संख्या निरन्तर घटिरहेको छ । हाल चितवनमा संक्रमितको संक्रमितको संख्या एक हजार ६० मात्र रहेको छ । सक्रिय संक्रमितको संख्या घटिरहँदा जिल्ला प्रशासन कार्यालय चितवनले कोरोनाको जोखिम नबढ्ने सुनिश्चित गरे स्कुल खोल्न अनुमति दिएको छ । 

कोरोना महामारी लागेपछि हालसम्म चितवनमा २४ हजार ८८९ जनामा संक्रमण पुष्टि भएको छ । ३९९ जना संक्रमितको मृत्यु भएको छ । विगत २४ घण्टामा चितवनमा कुनै पनि व्यक्तिले कोरोना संक्रमणको कारणले ज्यान गुमाएका छैनन् ।
 

प्रतिक्रिया दिनुहोस