आइपिएल : राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै कोलकत्ता शीर्ष स्थानमा

विहीबार, ०६ बैशाख २०७५, ०८ : ३८
आइपिएल : राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै कोलकत्ता शीर्ष स्थानमा

कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउदै कोलकत्ता शीर्ष स्थानमा उक्लिएको हो ।
आइपिएलको पाँचौं खेलमा कोलकाताको यो दोस्रो जित हो । समान ६ अंक भएपनि सनराइजर्स हैदरावादलाई पछि पार्दै कोलकाता शीर्षस्थानमा उक्लेको छ । कोलाकाताले भन्दा हैदरावादले २ खेल कम खेलेको छ । राजस्थानको भने चौथो खेलमा यो दोस्रो हार हो ।

१ सय ६१ रनको लक्ष्य पछ्याएको कोलकाताले ७ बल अघि नै ३ विकेट गुमाएर १ सय ६३ रन जोडेको थियो । कार्तिकले २३ बलमा २ चौका र २ छक्काको मद्दतमा अविजित ४२ रन बनाए । त्यस्तै २७ बल खेलेका नितिशले २ चौका र १ छक्कासहित अविजित ३५ रन जोडे ।

ओपनर सुनिल नारिनले ३५ रन बनाउँदा अर्का ओपन क्रिस लेन रनको खाता खोल्न नसक्दै आउट भए । रविन उथप्पाले ४८ रनको यादान गरे । ३६ बल खेलेको उथप्पाले ६ चौका र २ छक्का प्रहार गरे । राजस्थानका क्रिस्नप्पा गोथमले २ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । अजिन्के राहाने र डीर्सी सर्ट ले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । राहानेले १९ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाए । सर्टले ४३ बल खेल्दै ५ चौका र १ छक्काका साथ ४४ रन जोडे ।

जस बटरले १८ बलमा २ चौकाको मद्दतमा अविजित २४ रन बटुले । राहुल त्रिपाठीले १५, बेन स्टोक्सले १४ र क्रिस्नप्पा गौथमले १२ रन बनाए । कोलकाताका लागि निनिश राना र टम कर्रनले समान २ तथा पियुष चावला, कुलदीप यादव र शिवम माभीले समान १ विकेट लिए । कोलकाताका नितिन राना खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । आइपिएलमा बिहीबार किङ्स ११ पञ्जाब र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस