पर्वतमा अविरल बर्षाका कारण पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १५ : ४३
पर्वतमा अविरल बर्षाका कारण  पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुग्यो

पर्वत । पर्वतमा अविरल बर्षाका कारण गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । अविरल बर्षासंगै कुश्मा नगरपालिका ३ दुर्लुङमा माधव शर्माको घर भत्कीदा एउटै परिवारका ५ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ७५ वर्षकी कौशिला पौडेल, ३५ वर्षकी भगवती, १६ वर्षकी बिमला, ११ वर्षकी विनिता र ९ बर्षका विनोद पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक एवं सूचना अधिकारी राजेन्द्र अधिकारीले जानकारी दिए । 

उनका अनुसार पर्वतको मोदी–५ आम्बोटमा पहिरोले पुरिदा फूलमाया थापाको पनि मृत्यु भएको छ । यस्तै कुश्मा–११ पकुवामा पहिरोले घर पुरिदा मायाकुमारी पौडेल र उनका ३ वर्षका छोराको मृत्यु भएको छ। मायाकुमारीकी सासू डल्ली पाध्या पौडेल बेपत्ता भएकी छन् । उनको खोजीकार्य जारी रहेको छ ।

त्यसैगरी कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घरमा पहिरो आउँदा पाहुना आएकी पर्वतकै मोदी गाउँपालिका–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको प्रहरी निरिक्षक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस