'कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि, बिक्की र सन्तोषबीच भिडन्त

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, १३ : ०३
'कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि, बिक्की र सन्तोषबीच भिडन्त

काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापाबीच भिडन्त हुने भएको छ ।

शुक्रबार र शनिबार राति कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन २’ बाट कञ्चनपुरका हिक्मत महरा बाहिरिएपछि तीनजना फाइनलिस्ट तय भएका हुन् ।

ताप्लेजुङका पौडेल, सिक्किमका अग्रवाल र गोरखाका थापाका आ–आफ्नै खुबी र विशेषता छन् । स्ट्यान्डअप कमेडीमा अग्रवाल र थापा माहिर छन् । भरतमणि भने क्यारिकेचर गर्न अब्बल छन् ।विषयवस्तु उठानका हिसाबले तीनैजना उत्तिकै प्रभावशाली देखिन्छन् । सबैका फ्यान फलोइङ उत्तिकै छन् ।

प्रतिक्रिया दिनुहोस