अभिनेत्री ऋचा शर्माले छोडिन् ‘कमेडी च्याम्पियन’

सफल खबर संवाददाता

शुक्रबार, १८ भदौ २०७८, ११ : २०
अभिनेत्री ऋचा शर्माले छोडिन् ‘कमेडी च्याम्पियन’

काठमाडौं । अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् ।

आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् । उत्कृष्ट ३ प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् ।

‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । सो समय डाक्टरले दिएको मेरो आमा बन्ने डेट हो’ शर्माले भनिन्, ‘अहिलेसम्म शोमा रहेपनि फाइनलमा भने उपस्थित हुन नसक्ने भए ।’

डाक्टर लगायत सबैले अब त रेस्ट गर्नुपर्छ भनेपछि सोका अवको एपिसोडमा सहभागी नहुने निर्णय समेत गरेको  उनले सुनाइन् । उनले बिदा लिएपछि अव शोमा निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन् ।

प्रतिक्रिया दिनुहोस