बढ्यो अक्सिजन आयात

पत्रपत्रिकाबाट

शुक्रबार, १८ भदौ २०७८, ०७ : २८
बढ्यो अक्सिजन आयात

काठमाडौं । कोभिडको संक्रमण बढ्दै गएपछि गतवर्ष चैतयता ५ महीनाको अवधिमा मात्रै रू। ५ करोड ६४ लाखको अक्सिजन आयात भएको छ । चैतपछि नेपालमा कोरोनाको दोस्रो लहर देखिएको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार त्यसयता अक्सिजनको आयात बढेको देखिन्छ । तर, अहिले माग घट्दै गएपछि केही प्लान्ट भने बन्द भएका छन् ।

विभागका अनुसार गतवर्ष चैतदेखि साउनसम्ममा रू। ५ करोड ६४ लाख ४६ हजार बराबरको ८ लाख ९१ हजार मीटर क्युब अक्सिजन आयात भएको छ । आर्थिक वर्ष २०७७-७८ को पछिल्लो ४ महीनामा रू. ४ करोड १३ लाख बराबरको ७ लाख ९ हजार मिटर क्युब अक्सिजन आयात भएको छ ।

यसमध्ये गत आर्थिक वर्षमा जेठमा सबैभन्दा बढी रू। २ करोड ८९ लाखको ४ लाख ३९ हजार मीटर क्युब अक्सिजन आयात भएको देखिएको छ । आर्थिक अभियानमा खबर छ ।

प्रतिक्रिया दिनुहोस