काठमाडौं । सार्वजनिक लाभको पद लिएका तथा पार्टीका विभिन्न समितिमा रहेका कांग्रेस कार्यकर्ताबाट मासिक शुल्क (लेबी) उठाउन केन्द्रीय कार्यालयलाई निकै समस्या हुने गरेको छ। पटकपटक ताकेता गर्दा पनि लेबी उठ्न नसकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले गुनासो गरे। समयमा लेबी उठाउन पछिल्लोपटक भदौ ८ गते केन्द्रीय कार्यालयले ७७ वटै जिल्ला समितिलाई परिपत्र गरेको थियो।
परिपत्रमार्फत तत्काल लेबी बुझाउन ताकेता गरिएको थियो। परिपत्रमा लेबी नबुझाएको व्यक्ति पार्टीको १४औं महाधिवेशनको कुनै पनि पदमा उम्मेदवार हुन नसक्नेसमेत उल्लेख गरिएको छ। लेबी नबुझाएको व्यक्ति वडा अधिवेशनमा समेत उम्मेदवार हुन नपाउने व्यवस्था पार्टीको नियमावलीमा छ। तर बिहीबारबाट कांग्रेस वडा अधिवेशन हुँदै गर्दा अघिल्लो दिनसम्म कैयौं कार्यकर्ताबाट लेबी उठ्न नसकेको बताइएको छ।
‘लेबी नुबझाउने व्यक्तिले पार्टीको कुनै पनि चुनावमा भाग लिन नपाउने व्यवस्था नियमावलीले गरेको छ। हामीले पनि पटकपटक ताकेता गरेका छौं,’ उनले भने, ‘तर पनि अझैसम्म पूरा लेबी उठ्न सकेको छैन।’ कति संख्यामा लेबी उठ्न सकेन भन्नेबारे हिसाब हुन बाँकी रहेको पनि उनले बताए। ‘कुनकुनबाट लेबी उठ्यो, कहाँबाट उठेन, त्यो हिसाब गर्न बाँकी छ।
तर उठ्नुपर्ने लेबी उठ्न सकेको छैन,’ उनले भने। नेपाली कांग्रेस रोल्पा जिल्ला समितिका अध्यक्ष अमर पुनले लेबी उठ्नै नसकेको बताए। उनले भने, ‘अहिलेसम्म रोल्पाबाट एक रूपैयाँ पनि लेबी उठेको छैन।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १८ भदौ २०७८, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)
काँग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका सार्वजनिक
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?