काठमाडौं । प्रभु बैंक र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनका बिच ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन मा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र GATE College बाट प्रमुख कार्यकारी अधिकृत खेम राज लकाईले कलेज मा आयोजित एक कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
प्रभु बैंक लि. र गेट कलेजका विच आज सम्पन्न सम्झौता बमोजिम होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी अधिकतम रु. ५,००,०००।– सम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ । यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुनेछ ।
शैक्षिक कर्जा सम्बन्धी यो सम्झौताले आर्थिक अभावले होटेल म्यानेजमेण्ट तथा पर्यटन जस्तो प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न कठिनाई झेलिरहेका देशका क्षमतावान एवं जेहेन्दार विद्यार्थीहरुलाई उक्त कलेजमा भर्ना भई उच्च शिक्षा हासिल गर्न आर्थिक रुपमा सहयोग पुग्नेछ । योे सम्झौता पश्चात् उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुले आर्थिक अभावमा उच्च शिक्षा हासिल गर्नबाट बन्चित हुनु पर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको हुनेछ र होटेल तथा पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष एवं प्राविधिक जनशक्ति उत्पादन भई समग्र देश विकासमा योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ भदौ २०७८, १७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
अमेरिका र युक्रेनबीच ऐतिहासिक सम्झौता
माछापुच्छ्रे बैंक र सीबीएल मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता
माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेञ्जबीच रेमिट्यान्स सेवा सम्झौता
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
सगरमाथा सफाइका लागि नेपाल लाइफ र राउन्ड टेबल नेपालबीच सम्झौता