प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, नियमित बिषयमा छलफल

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १० : ४२
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, नियमित बिषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । नियमित एजेण्डाहरुमाथि छलफल गर्न भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक डाकेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

देउवा नेतृत्वको सरकारमा ४ मन्त्री छन् । प्रधानमन्त्री नियुक्ति भएको दुई महिना पुग्न लाग्दा पनि देउवाले मन्त्रिमण्डल बिस्तार गरेका छैनन् । 

प्रतिक्रिया दिनुहोस