काठमाडौँ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले मन्त्री पदबाटराजीनामा दिएका छन् । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएपछि सोही दिन उनी मन्त्री बनेका थिए ।
खनालले एमालेबाट विभाजित भई नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेसंगै मन्त्री पदबाट राजिनामा दिएका हुन् । लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक रहेकी अष्टलक्ष्मी शाक्य माधवकुमार नेपाल पक्षमा थिइन । तर अहिले उनी ओली तिरै गएर मुख्यमन्त्री बनेकी छन् ।
बागमती प्रदेशका १२ एमाले सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि उनी दुई हप्तामै अल्पमतमा परेकी छन् । सरकार अल्पमतमा परेकाले उनले प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ भदौ २०७८, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !