काठमाडौँ । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले मन्त्री पदबाटराजीनामा दिएका छन् । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएपछि सोही दिन उनी मन्त्री बनेका थिए ।
खनालले एमालेबाट विभाजित भई नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेसंगै मन्त्री पदबाट राजिनामा दिएका हुन् । लामो समय एमाले अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक रहेकी अष्टलक्ष्मी शाक्य माधवकुमार नेपाल पक्षमा थिइन । तर अहिले उनी ओली तिरै गएर मुख्यमन्त्री बनेकी छन् ।
बागमती प्रदेशका १२ एमाले सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि उनी दुई हप्तामै अल्पमतमा परेकी छन् । सरकार अल्पमतमा परेकाले उनले प्रदेशसभाबाट विश्वासको मत लिनु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ भदौ २०७८, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा