सुदुरपश्चिमबाट कोको सांसद गए एकीकृत समाजवादीमा ?

सफल खबर संवाददाता

मंगलबार, १५ भदौ २०७८, १७ : २०
सुदुरपश्चिमबाट कोको सांसद गए एकीकृत समाजवादीमा ?

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाका १० जना नेकपा (एमाले) सांसदले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन्। मंगलबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा गएर उनीहरूले नयाँ पार्टीका पक्षमा सनाखत गरेका हुन्।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नेमा  पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, चुनकुमारी चौधरी,  मना साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन्।

भौतिक पूर्वाधार तथा विकास मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीले आफूसहित तीन जना सांसदले बुधबार आयोगमा गएर सनाखत गर्ने बताए। ५२ सदस्यीय सुदूरपश्चिमको प्रदेश सभा एमालेका २५ सांसद थिए। तीमध्ये यसअघि १८ सांसद नेपाल पक्षमा भएको बताइएको थियो।

प्रतिक्रिया दिनुहोस