हेटौडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलष्मी शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी शाक्यलाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत नदिने भनेपछि शाक्य अल्पमतमा परेकी हुन् ।
नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले मुख्ँयमन्त्रीमा दावी गरिरहेका छन् ।
१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद छन। एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।
तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत बन्यो । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको छ ।
मंगलबार एमालेका १२ सांसदले निर्वाचन आयोगको प्रदेश कार्यालय गएर एकीकृत समाजवादी रोजेको जानकारी दिएका छन् । ‘२३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं,’ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे भन्छन्, ‘त्यो दिनदेखि सरकार अल्पमतमा पर्यो ।’ पाण्डे आफैँ मुख्यमन्त्रीमा दावी गरिरहेका छन् । उनले नेकपा एमालेको नेतालाई विश्वासको मत दिन नसक्ने बताउँदै मुख्यमन्त्रीमा आफ्नो दावी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ भदौ २०७८, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !
लामाका मन्त्री नियुक्त नगरे बागमतीका मुख्यमन्त्री बानियाँलाई पर्न सक्छ संकट