हेटौडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलष्मी शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी शाक्यलाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत नदिने भनेपछि शाक्य अल्पमतमा परेकी हुन् ।
नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डेले मुख्ँयमन्त्रीमा दावी गरिरहेका छन् ।
१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद छन। एकल बहुमत भएकाले २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।
तर त्यही दिन एमाले फुटेर नेकपा समाजवादी एकीकृत बन्यो । राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले २२ गते साँझ ५ बजेसम्मको समय दिएको छ ।
मंगलबार एमालेका १२ सांसदले निर्वाचन आयोगको प्रदेश कार्यालय गएर एकीकृत समाजवादी रोजेको जानकारी दिएका छन् । ‘२३ गते आयोगले हाम्रो दलमा सांसद संख्या यति छ भनेर दिन्छ, लगत्तै हामी प्रदेशसभामा पेश गर्छौं,’ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे भन्छन्, ‘त्यो दिनदेखि सरकार अल्पमतमा पर्यो ।’ पाण्डे आफैँ मुख्यमन्त्रीमा दावी गरिरहेका छन् । उनले नेकपा एमालेको नेतालाई विश्वासको मत दिन नसक्ने बताउँदै मुख्यमन्त्रीमा आफ्नो दावी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ भदौ २०७८, १६ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा तीन दिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने
यातायात क्षेत्र सुधार्न बागमती प्रदेशको निर्देशन: ६ महिनाभित्र थप ट्रायल सेन्टर खोल्न निर्देशन
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन
प्रधानमन्त्री बालेन शाहद्वारा बागमती प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
बागमती प्रदेश सरकारले समायोजन गर्यो गाडी भाडा
बागमती प्रदेश उपसभापति हुमागाईंदारा रास्वपा परित्याग गरेको घोषणा