काठमाडौं । प्रदेश तहमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न नेकपा एमालेले सबै प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोकेको छ। हालै सम्पन्न स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयबारे जानकारी दिन जारी गरिएको अन्तर पार्टी निर्देशन १२ मा विभिन्न ३२ नेतालाई १० बुँदे कार्यान्वयनको जिम्मेवारी तोकिएको छ ।
उक्त जिम्मेवारी २०७५ जेठ २ कै पार्टी संरचना अनुसार तोकिएको छ। उति बेला प्रदेश इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई राखेर प्रदेशमा १० बुँदे कार्यान्वयन गर्न टोली बनाइएको छ ।
जसअनुसार प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावलको नेतृत्वमा १० बुँदे कार्यान्वयन टोली बनाइएको छ ।त्यस्तै जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न महासचिव ईश्वर पोखरेल नेतृत्वको टोली बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ भदौ २०७८, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले