चितवन । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएसंगै नेताहरुले नयाँ पार्टीका गतिविधिलाई तीब्रता दिएका छन्।
यसैक्रममा चितवनमा नेकपा एकीकृत समाजवादी पार्टीको चितवन भेला हुने भएको हो । एकीकृत समाजवादी चितवनले जिल्लामा भेला तथा भेटघाट कार्यक्रम आयोजनालाई तीव्र समेत पारेको छ भने संगठन निर्माणमा अगुवा कार्यकर्ताहरुसँग परामर्श छलफल समेत जारी राखेको नेकपा एकीकृत समाजवादी चितवनका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले जानकारी दिए ।
साविक नेकपा एमालेको जिल्ला कमिटी नै नेकपा (एकीकृत समाजवादी) पार्टीमा रुपान्तरण हुने उनको दावी थियो । यसअघि नै अध्यक्षमा खड्का, उपाध्यक्षमा अरूण पीडित भण्डारी, कृष्णराज लभ्ली, सचिवमा प्रकाश ढुंगाना, सहसचिवमा कुलप्रसाद लामिछाने र दिव्य शर्मा आचार्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ भदौ २०७८, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?